युनिभर्सल पावरको आईपिओमा माग भन्दा बढीको आवेदन, कहिले हुन्छ बन्द ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2019 | 06:36:01 PM मा प्रकाशित

laxmi  sunrise bank

युनिभर्सल पावर कम्पनीले निष्काशन गरेको आइपीओमा माग भन्दा बढीको आवेदन परेको छ।  सेयर निष्काशक तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलकाअनुसार युनिभर्सलको आइपीओमा फागुन ५ गतेसम्म ९९  हजार १ सय ६५ आबेदकबाट ८७ लाख १८ हजार ९ सय १० कित्ताको लागि आबेदन परेको छ। सर्वसाधारणका लागि मात्रै भनेर युनिभर्सलले ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता छुट्याएको थियो । यस अनुसार शेयरमा पूर्ण आवेदन परेको हो । 

कम्पनीले यस अघि स्थानीयको लागि बिक्रि खुला गर्दा अवितरित १७ लाख ६६ हजार १ सय ५० कित्ता समेत थपेर सर्वसाधारणलाई ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो । जस मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता शेयर कर्मचारीको लागि छुट्याइएको छ भने ४ लाख ६६ हजार ३ सय ७० कित्ता सामुहिक लगानी कोषको लागि रहेको छ । 

आज शेयरमा पुरै आवेदन परेकोले सोमबार कम्पनीको आईपिओमा आवेदन दिने अन्तिम दिन हुने भएको छ   । 

यो पनि: युनीभर्सल पावरको आइपीओ विश्लेषण: लाभांश अर्कोबर्षको कमाईबाट, यस्तो हुनेछ सुरुवाती सेयरमुल्य ? (रिपोर्ट )

 आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम ५० लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइन पनि आवेदन दिन सकिने छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved