शिवम सिमेन्टको आईपिओमा १ अर्ब बढीको आवेदन, कतिले भरे शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2019 | 06:28:26 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपिओ पहिलो चरणमा पुरै हुन् असफल भएको छ । कम्पनीले फागुन ६ गतेदेखि निष्काशन गरेको आईपिओमा छिटोमा आवेदन दिने आज ९ गते अन्तिम दिन थियो ।  

आवेदन दिने आज चौथो दिनसम्म १ अर्ब १० करोड बढिको आवेदन परेको छ । आज साँझ बैंकिंग समय सम्ममा कम्पनीको आईपिओमा सर्वसाधारण तर्फ  ३७ हजार ४ सय ८३ आवेदकबाट ३६ लाख ८४ हजार ६ सय २० कित्ताको लागि आवेदन परेको हो । प्रति कित्ता ३ सयको दरले हिसाब गर्दा १ अर्ब १० करोड ५३ लाख ८६ हजारको आवेदन परेको हो । 

कम्पनीले स्थानीय र सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । जस अनुसार सर्वसाधारणलाई ४४ लाख कित्ता आईपिओ निष्काशन गरिएको छ । कुल ४४ लाख कित्ता मध्ये कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषलाई समान २ लाख २० हजार कित्ता छुट्याएको छ  ।   बाँकि रहेको ४१ लाख २० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन गर्न सक्ने छन्। 

सर्वसाधारणले न्युनतम ५० कित्ता र अधिकतम ४४ लाख कित्ताको लागि आवेदन गर्न सक्ने छन् । आवेदन दिनको छिटोमा फागुन ९ र ढिलोमा चैत्र ५ गतेसम्मको मिति तोकिएको छ । कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ । 

कम्पनीले सर्वसाधारणलाई १ सय रुपियाँ अंकित मूल्यमा २०० प्रिमियम थप गरी प्रति कित्ता ३ सय रुपियाँमा शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले यस अघि सर्वसाधारणलाई ४ सय र स्थानीयलाई ३ सयमा शेयर जारी गर्नको लागि नेपाल धितोबोर्डबाट स्वीकृति लिएको थियो । 

स्थानीय तर्फ ६ सय २१ आवेदक १ लाख ९८ हजार ४ सय ५० कित्ताको लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।

कम्पनीले स्थानीयहरुलाई यस अघि नै प्रति कित्ता ३०० सयमा शेयर निष्काशन गरी बाँडफांड समेत गरिसकेको छ । यस अघि शेयर भरेका स्थानीयलाई निशुल्क थप शेयर उपलब्ध गराईने कम्पनीले जनाएको छ । स्थानीयलाई ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरिएकोमा २ लाख २ सय ४० कित्ताको लागि मात्र आवेदन परेको थियो । यस अघि शेयर खरिद गरेका स्थानीयलाई कुल १ लाख १ सय २० कित्ता थप शेयर निशुल्क उपलब्ध गराईने कम्पनीले जनाएको छ । 

स्थानीयको लागि छुट्याइएको शेयर मध्ये बाँकि रहेको ५ लाख ७९ हजार ६ सय ४० कित्ताको लागि स्थानीयले पुन आवेदन दिन सक्ने भएका छन् । यस पटक उनीहरुले प्रति कित्ता २ सय मै आवेदन दिन सक्ने छन् । यस अघि स्थानीयको रुपमा आवेदन दिएका र नदिएकाले पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । स्थानीयले न्युनतम ५० कित्ता र अधिकतम  ५ लाख ७९ हजार ६ सय ४० कित्ताको लागि आवेदन दिन सक्ने छन्।

शेयर पुरै बिक्रि नभएकोले शेयर भर्ने म्याद समेत थपिएको छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved