माउन्टेन हाइड्रोले फागुन २३ देखि गतेदेखि आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2019 | 08:22:03 AM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले सर्वसाधारणको लागि फागुन २३ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ  ।  कम्पनीले यस अघि स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ५ लाख ६६ हजार १ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई १८ लाख १६ हजार १ सय १० कित्ता शेयर निष्काशन गर्न लागेको हो। कुल १८ लाख १६ हजार १ सय १० कित्ता शेयर मध्ये ३६ हजार ३ सय २२ कित्ता कर्मचारीलाई र ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि निष्काशन गरि बाँडफांड गरीएको कम्पनीले जनाएको छ ।  बाँकि रहेको १७ लाख ३९ हजार ७ सय ८८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ८० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीको आईपिओमा छिटोमा फागुन २८ र ढिलोमा चैत्र २२ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ   । नेपाल धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो । कम्पनीले यस अघि पहिलो चरणमा  असार २२ देखि  आयोजना प्रभावीत स्थानीयबासीका लागि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो । 

कम्पनीको आईपिओले ग्रेड ४ को आईपिओ रेटिंग पाएको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको जनाउछ । कम्पनीले पाँचथरको फिदिम गाविसमा २१.६ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved