पाँचथर पावर कम्पनी लिमिटेडले सोमबारदेखि निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्म १२ करोड बढीको आवेदन परेको छ । मंगलबार कार्यालय समय अर्थात बेलुकी ५ बजेसम्ममा २९ हजार ७ सय २१ आवेदकबाट १२ लाख ९५ हजार ४ सय ४० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
कम्पनीले आयोजना प्रभावितलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ७ लाख ८७ हजार ७ सय ५० कित्ता समेत जोडेर सर्वसाधारणको लागि १७ लाख ५० हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये कर्मचरीलाई ३५ हजार ५ कित्ता, र सामुहिक लगानी कोषलाई ८७ हजार ५ सय १२ कित्ता बाँडफांड गरिएको छ । बाँकि रहेको १६ लाख २७ हजार ७ सय ३३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । दोस्रो दिनसम्म १२ करोड ९५ लाख ४४ हजार रुपैयाँको आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरिएको शेयरको ७९.५८ प्रतिशत हो ।
लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ९ सय ६ सय २० कित्तासम्म आवेदन दिन सक्ने छन् । आईपिओमा छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १२ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको जनाउछ ।
कम्पनीले पांचथरमा १४.९ मेगावाटको हेवा खोला ए आयोजना निर्माण गरी ७३ साल माघ २२ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।