पाँचथर पावरको आईपिओ भर्ने म्याद थप, हालसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2019 | 09:53:56 AM मा प्रकाशित

laxmi  sunrise bank

पाँचथर पावर कम्पनी लिमिटेडले सोमबारदेखि निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीको आईपिओमा आवेदन दिने आज फागुन १६ गते अन्तिम दिन रहेकोमा आज सरकारले सार्वजनिक विदा दिएकोले १७ गते सम्म आवेदन दिन मिल्ने गरी समय थप गरिएको हो । हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित ७ जनाको निधन भएको शोकमा सरकारले सार्बजनिक विदा दिएको हो । 

कम्पनीको आईपिओमा बुधबार नै माग भन्दा बढीको आवेदन परेको छ ।  बुधबार  बेलुकी ५ :४० सम्ममा ५० हजार  आवेदकबाट २१ लाख ५० हजार कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । 

 कम्पनीले आयोजना प्रभावितलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ७ लाख ८७ हजार ७ सय ५० कित्ता समेत जोडेर सर्वसाधारणको लागि १७ लाख ५० हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये कर्मचरीलाई ३५ हजार ५ कित्ता, र सामुहिक लगानी कोषलाई ८७ हजार ५ सय १२ कित्ता बाँडफांड गरिएको छ । बाँकि रहेको १६ लाख २७ हजार ७ सय ३३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । तेस्रो  दिनसम्म २१ करोड ५० लाख रुपैयाँको आवेदन परेको हो  । 

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ९ सय ६ सय २० कित्तासम्म आवेदन दिन सक्ने छन्  । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ  । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको जनाउछ  । 

कम्पनीले पांचथरमा १४.९ मेगावाटको हेवा खोला ए आयोजना निर्माण गरी ७३ साल माघ २२ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved