पैसा तयार पार्नुस, एकसाथ आउदैछ २ कम्पनीको २० लाख कित्ता बढी आईपिओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2019 | 12:33:00 PM मा प्रकाशित

laxmi  sunrise bank

तुलनात्मक रुपमा अन्य समय भन्दा धेरै सार्बजनिक निष्काशन भएको फागुन महिनामा अझै २ कम्पनीको आईपिओ आउदै छ । यस महिना १ लघुवित्त कम्पनी र १ हाइड्रो पावर कम्पनी गरी कुल २० लाख ८५ हजार ७ सय ४० कित्ता आईपिओ निष्काशन हुन लागेको हो ।  


माउन्टेन हाइड्रो

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले सर्वसाधारणको लागि फागुन २३ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ  ।  कम्पनीले यस अघि स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ५ लाख ६६ हजार १ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई १८ लाख १६ हजार १ सय १० कित्ता शेयर निष्काशन गर्न लागेको हो। कुल १८ लाख १६ हजार १ सय १० कित्ता शेयर मध्ये ३६ हजार ३ सय २२ कित्ता कर्मचारीलाई र ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि निष्काशन गरि बाँडफांड गरीएको कम्पनीले जनाएको छ ।  बाँकि रहेको १७ लाख ३९ हजार ७ सय ८८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ८० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीको आईपिओमा छिटोमा फागुन २८ र ढिलोमा चैत्र २२ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ   । नेपाल धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो । कम्पनीले यस अघि पहिलो चरणमा  असार २२ देखि  आयोजना प्रभावीत स्थानीयबासीका लागि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो । 

कम्पनीको आईपिओले ग्रेड ४ को आईपिओ रेटिंग पाएको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको जनाउछ । कम्पनीले पाँचथरको फिदिम गाविसमा २१.६ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ  । 


स्पर्श लघुवित्त

स्पर्श लघुवित्तले फागुन २६ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपिओ निष्काशन गर्न लागेको हो  । जस मध्ये ४ हजार १ सय ४८ कित्ता कर्मचारीलाई , १३ हजार ४ सय ८२ कित्ता सामुहिक लगानी कोषलाई बाँडफांड गरिसकिएको कम्पनीले जनाएको छ । बाँकि रहेको २ लाख ५२ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

कम्पनीको शेयर बिक्रिको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १३ सय ४० कित्ताको लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस आईपिओमा छिटोमा फागुन २८ र सो समयसम्म सबै शेयर बिक्रि नभएमा ढिलोमा चैत्र २५ गतेसम्म आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन ३ गते शेयर निष्काशन गर्न अनुमति दिएको हो । 

 कम्पनीले सुरुमा २ करोड ४० लाख रुपैंया वरावरको २ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशनको माग गरेको थियो । तर पछि कम्पनीले त्यसमा २९ हजार ६ सय ३० कित्ता थप गरी कुल २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपिओ निष्काशनको अनुमति मागेको थियो ।   

  हाल वित्तिय संस्थाको चुक्ता पूँजी रु. ५ करोड ६० लाख रहेको छ भने यस सार्वजनिक निष्काशन पश्चात वित्तिय संस्थाको चुक्ता पूँजी रु. ८ करोड २९ लाख हुनेछ । पोखरा महानगरपालिकामा मुख्य कार्यालय रहेको यस लघुवित्तले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६५०० सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ । स्पर्सको संस्थापकहरुमा  जनता बैंक , टुरिजम डेभलपमेन्ट बैंक तथा ७५ जना व्यवसायिक र प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved