आईपिओ निष्काशन गर्न लागेको इन्फिनिटी लघुवित्तले पायो ग्रेड ४ को रेटिंङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2019 | 06:36:31 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशन गर्न लागेको इन्फिनिटी लघुवित्तले ग्रेड ४ को रेटिंङ पाएको छ । केयर रेटिंङस नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंङ दिएको हो ।  यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको बुझाउछ।  कम्पनीले माघ २९ आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो    ।

बोर्डबाट अनुमति पाएपछि कम्पनीले ६ करोड ७४ लाख बराबरको ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।  यस माइक्रोफाइनान्स नेपाल सरकारका पूर्व सचिव, प्राध्यापक, बैंकर, इन्जिनियर तथा व्यापारीहरु प्रबद्धनमा संचालनमा आएको हो ।   

हाल कम्पनीको चुक्ता पूँजी १४ करोड रहेको र उक्त शेयर निष्काशन पश्चात कम्पनी चूक्ता पूँजी २० करोड कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved