शिवम सिमेन्टको आईपिओ बाँडफांड आज, यस्तो छ शेयर पर्ने सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2019 | 08:34:26 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपिओ  आज बुधवार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बुधबार बिहान १० बजेपछि शेयर बाँडफांडगर्न लागेको हो ।

कम्पनीले फागुन ६ गतेदेखि स्थानीय र सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको थियो । जस अनुसार सर्वसाधारणलाई ४४ लाख कित्ता आईपिओ निष्काशन गरिएको थियो । कुल ४४ लाख कित्ता मध्ये कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषलाई समान २ लाख २० हजार कित्ता छुट्याएको थियो ।   बाँकि रहेको ४१ लाख २० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन   ।

आईपिओमा ५१ हजार ८ सय ८२ आवेदकबाट ५१ लाख ८९ हजार हजार ५ सय ६० कित्ताको लागि आवेदन परेको छ  । त्यस्तै स्थानीयको लागि छुट्याइएको शेयर मध्ये ९४ हजार ६ सय ९५ कित्ताको लागि आवेदन नपरेको क्यापिटलले जनाएको छ  । स्थानीयले खरिद नगरेको शेयर पनि सर्वसाधारणलाई बिक्रि हुने छ  ।

आईपिओमा सर्वसाधारणले न्यूनतंम ५० कित्ताको लागि आवेदन दिनु पर्ने ब्यबस्था थियो  । जस अनुसार ५० देखि ५ हजार ६ सय ४० कित्ताको लागि आवेदन दिने सबैले माग अनुसार कै शेयर पाउने छन्  । सो भन्दा बढी कित्ताको लागि आवेदक दिएका मध्ये गोलाप्रथा बाट थप १० कित्ता सेयर वितरण गरिने क्यापिटलले जनाएको छ ।

स्थानीय तर्फ भने सबै आवेदकले माग अनुसार कै शेयर पाउने छन्  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved