शिवम सिमेन्टको आईपिओ बाँडफांड, एक जनाले पाए १ लाख बढी कित्ता शेयर, रिजल्ट बिजपाटीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2019 | 11:02:44 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपिओ  आज बुधवार बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बुधबार बिहान शेयर बाँडफांड गरेको हो ।

कम्पनीले फागुन ६ गतेदेखि स्थानीय र सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको थियो । जस अनुसार सर्वसाधारणलाई ४४ लाख कित्ता आईपिओ निष्काशन गरिएको थियो । कुल ४४ लाख कित्ता मध्ये कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषलाई समान २ लाख २० हजार कित्ता छुट्याएको थियो ।   बाँकि रहेको ४१ लाख २० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन   ।

आईपिओमा ५१ हजार ८ सय ९८ जनाले आवेदन दिएका थिए  । जस मध्ये १६ आवेदन रद्द भएकोले ५१ हजार ८ सय ९८ जना योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको हो । बाँडफांड मोडल अनुसार ५ हजार २ सय २० कित्तासम्म आवेदन दिनेले माग गरे अनुसार कै शेयर पाएका छन्  । त्यस्तै ५ हजार २ सय २० कित्तादेखि १ लाख कित्तासम्मको लागि आवेदन दिने सबैले समान ५ हजार ६ सय ४० कित्ता शेयर पाएका छन्  । ६५ सय ३० कित्ता देखि १ लाख कित्तासम्मको लागि आवेदन दिने ३८ जना मध्येलाई गोलाप्रथाबाट ११ जनालाई थप १० कित्ता शेयर प्रदान गरिएको छ  । त्यस्तै  ६५ सय ३० कित्ता देखि १ लाख कित्तासम्मको लागि आवेदन दिने ३८ जना मध्येलाई गोलाप्रथाबाट ५ जनालाई थप १ कित्ता शेयर प्रदान गरिएको छ  । यस हिसाबमा ५ जना लगानीकर्ताले सबै धेरै ५ हजार ६ सय ५१ कित्ता शेयर पाएका छन्  ।





स्थानीय तर्फभने सबै आवेदकले माग अनुसार कै शेयर पाएका छन् । स्थानीय तर्फ लगानीकर्ताले १ लाख १५ हजार कित्ता सम्म शेयर पाएका छन् । स्थानीयले खरिद नगरेको ९४ हजार ६ सय ९५ कित्ता शेयर सर्वसाधारणलाई नै थप गरेर बाँडफांड गरिएको हो । 

नतिजा बिजपाटीमा

आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा प्रकशित हुनेछ । नतिजा प्रकाशित भएपछि हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको ipo result भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा शिवम सिमेन्ट छनौट गरी आफ्नो नाम राखेर आफुलाई कति शेयर परेको छ हेर्न सकिने छ । नतिजा प्रकाशित भएपछि  यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिने छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved