पाँचथर पावरको आईपिओ बाँडफांड आज, यस्तो छ शेयर पर्ने सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2019 | 01:10:08 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँचथर पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ आज बिहिबार बाँडफांड हुदै छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले दिउँसो ३ बजे क्यापिटल कार्यालय नक्सालमा शेयर बाँडफांड गर्न लागेको हो ।

कम्पनीले फागुन १३ देखि शेयर निष्काशन गरेको थियो ।   कम्पनीले आयोजना प्रभावितलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ७ लाख ८७ हजार ७ सय ५० कित्ता समेत जोडेर सर्वसाधारणको लागि १७ लाख ५० हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये कर्मचारीलाई ३५ हजार ५ कित्ता, र सामुहिक लगानी कोषलाई ८७ हजार ५ सय १२ कित्ता छुट्याइएको छ। बाँकि रहेको १६ लाख २७ हजार ७ सय ३३ कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको हो। आईपिओमा ८२ हजार ६ सय ७४ आवेदकबाट ३३ लाख ७४ हजार ३ सय २० कित्ताको लागि आवेदन परेको छ । 

क्यापिटलका अनुसार १० कित्ताको लागि आवेदन दिने ३३ हजार ५ सय ६५ ले  १० कित्ता नै शेयर पाउने छन् । त्यस्तै २० कित्ताको लागि आवेदन दिने ११ हजार ४ सय ८२ जनाले २० कित्ता नै शेयर पाउने छन् । त्यस भन्दा माथिको लागि आवेदन दिने सबैले न्युनतम २० कित्ता शेयर पाउने छन ।  तर २० कित्ता भन्दा माथिको लागि आवेदन दिनेले गोलाप्रथाबाट थप शेयर पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved