पाँचथर पावरको आईपिओ तपाईलाई २० कित्ता पर्यो कि ३० ? बिजपाटीमा हेर्नुस नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2019 | 05:38:34 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँचथर पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ आज बिहिबार बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले दिउँसो आफ्नो कार्यालय नक्सालमा शेयर बाँडफांड गरेको हो ।

कम्पनीले फागुन १३ देखि शेयर निष्काशन गरेको थियो ।   कम्पनीले आयोजना प्रभावितलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ७ लाख ८७ हजार ७ सय ५० कित्ता समेत जोडेर सर्वसाधारणको लागि १७ लाख ५० हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये कर्मचारीलाई ३५ हजार ५ कित्ता, र सामुहिक लगानी कोषलाई ८७ हजार ५ सय १२ कित्ता छुट्याइएको छ। बाँकि रहेको १६ लाख २७ हजार ७ सय ३३ कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको हो। आईपिओमा ८२ हजार ६ सय ७४ आवेदकबाट ३३ लाख ७४ हजार ३ सय २० कित्ताको लागि आवेदन परेको थियो । 

बाँडफांड मोडल अनुसार १० कित्ताको लागि आवेदन दिने ३३ हजार ५ सय ६५ जनाले १० कित्ता नै शेयर पाएका छन् । त्यस्तै २० कित्ताको लागि आवेदन दिने ११ हजार ४ सय ८२ जनाले २० कित्ता नै शेयर पाएका छन् ।

३० कित्ता देखि ९ हजार ६ सय २० कित्तासम्म आवेदन दिने ३७ हजार ६ सय २७ जनाले समान २० कित्ता शेयर पाएका छन्। ३० कित्ता देखि ९ हजार ६ सय २० कित्तासम्म आवेदन दिने ३७ हजार ६ सय २७ जना मध्ये ३३ हजार ५ सय ३१ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा ३३ हजार ५ सय ३१ जनाले ३० कित्ता शेयर पाएका छन् । 

नतिजा बिजपाटीमा 

आईपिओको नतिजा बिजपाटी डटकममा प्रकशित भएको छ। नतिजा  हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको ipo result भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा पांचथर पावर छनौट गरी आफ्नो नाम राखेर आफुलाई कति शेयर परेको छ हेर्न सकिने छ ।  यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिने छ । 

कम्पनीले पाँचथरमा १४.९ मेगावाटको आयोजना निर्माण गरी बिजुली बिक्रि गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved