माउन्टेन हाइड्रोको आईपिओमा तेस्रो दिन नै मागभन्दा बढीको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 06:23:02 PM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपिओमा तेस्रो  दिनसम्म २४ करोड १८ लाख रुपैयाँको आवेदन परेको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइतबार बेलुका ५ बजेसम्ममा ३५ हजार ३५ आवेदक बाट २४  लाख १८ हजार ७ सय ९० कित्ताको लागि आवेदन परेको छ । 

कम्पनीले बिहिबारदेखि शेयर बिक्रि खुला गरेको हो  ।   कम्पनीले यस अघि स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ५ लाख ६६ हजार १ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई १८ लाख १६ हजार १ सय १० कित्ता शेयर निष्काशन गरेको हो । कुल १८ लाख १६ हजार १ सय १० कित्ता शेयर मध्ये ३६ हजार ३ सय २२ कित्ता कर्मचारीलाई र ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि निष्काशन गरि बाँडफांड गरीएको कम्पनीले जनाएको छ ।  बाँकि रहेको १७ लाख ३९ हजार ७ सय ८८ कित्ताको लागि सर्वसाधारणको लागि निष्काशन गरिएको हो । यस हिसाबमा तेस्रो दिनसम्म १.३ गुणा बढी आवेदन परेको हो । 

लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ८० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीको आईपिओमा छिटोमा फागुन २८  सम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ   । नेपाल धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो । कम्पनीले यस अघि पहिलो चरणमा  असार २२ देखि  आयोजना प्रभावीत स्थानीयबासीका लागि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो । 

कम्पनीको आईपिओले ग्रेड ४ को आईपिओ रेटिंग पाएको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको जनाउछ । कम्पनीले पाँचथरको फिदिम गाविसमा २१.६ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।

यो पनि : 

'१ महिनामा बत्ति बल्छ, यहि बर्षबाट बोनस दिन्छौ' माउन्टेन हाइड्रोका अध्यक्ष तिमल्सिनाको अन्तर्वार्ता

माउन्टेन हाइड्रोको आईपिओ: यस्तो छ कम्पनीको दाबी र वास्तविकता (विश्लेषण)


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved