माउन्टेन हाइड्रोको आईपिओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2019 | 06:23:45 PM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपिओमा ३४ करोड ५० लाख रुपैयाँको आवेदन परेको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आज अन्तिम दिन मंगलबार बेलुका ५:४५ सम्ममा ५१ हजार ५९ आवेदक बाट ३४ लाख ५० हजार १ सय ५० कित्ताको लागि आवेदन परेको छ । आवेदनहरु भेरिफाई हुने क्रम मै रहेकोले यो अन्तिम तथ्यांक भने नभएको क्यापिटलले जनाएको छ । 

कम्पनीले बिहिबारदेखि शेयर बिक्रि खुला गरेको हो  ।   कम्पनीले यस अघि स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ५ लाख ६६ हजार १ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई १८ लाख १६ हजार १ सय १० कित्ता शेयर निष्काशन गरेको हो । कुल १८ लाख १६ हजार १ सय १० कित्ता शेयर मध्ये ३६ हजार ३ सय २२ कित्ता कर्मचारीलाई र ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि निष्काशन गरि बाँडफांड गरीएको कम्पनीले जनाएको छ ।  बाँकि रहेको १७ लाख ३९ हजार ७ सय ८८ कित्ताको लागि सर्वसाधारणको लागि निष्काशन गरिएको हो । यस हिसाबमा तेस्रो दिनसम्म १.९८ गुणा बढी आवेदन परेको हो । 

 कम्पनीले यस अघि पहिलो चरणमा  असार २२ देखि  आयोजना प्रभावीत स्थानीयबासीका लागि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो । कम्पनीले पाँचथरको फिदिम गाविसमा २१.६ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved