स्पर्श लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कतिले भरे शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2019 | 08:00:46 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पर्श लघुवित्तले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज फागुन २९ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणलाई शेयर निष्काशन गरेको हो  । 

 आईपिओमा हालसम्म २६ गुणा बढीको आवेदन परेको  छ  । तेस्रो दिन बेलुका ५:४५  बजेसम्ममा कम्पनीको आईपिओमा  २ लाख ४१ हजार ४ सय ८ आवेदकबाट करिब ६५ लाख ६५ हजार ५ सय कित्ताको लागि आवेदन परेको हो  ।   कम्पनीले २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये ४ हजार १ सय ४८ कित्ता कर्मचारीलाई , १३ हजार ४ सय ८२ कित्ता सामुहिक लगानी कोषलाई बाँडफांड गरिसकिएको कम्पनीले जनाएको छ । बाँकि रहेको २ लाख ५२ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । यस हिसाबमा तेस्रो दिनसम्ममा २६ गुणा बढी आवेदन परको हो । 

कम्पनीको शेयर बिक्रिको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १३ सय ४० कित्ताको लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । तर पहिलो दिन नै आईपिओमा अत्यधिक आवेदन परेको र गोलाप्रथाबाट २५ हजार २ सय जनाले मात्र १० कित्ताको दरले शेयर पाउने हुँदा १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उचित हुने देखिदैन । यस आईपिओमा फागुन २९ गतेसम्म आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन ३ गते शेयर निष्काशन गर्न अनुमति दिएको हो । 

 कम्पनीले सुरुमा २ करोड ४० लाख रुपैंया वरावरको २ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशनको माग गरेको थियो । तर पछि कम्पनीले त्यसमा २९ हजार ६ सय ३० कित्ता थप गरी कुल २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपिओ निष्काशनको अनुमति मागेको थियो ।   

 हाल वित्तिय संस्थाको चुक्ता पूँजी रु. ५ करोड ६० लाख रहेको छ भने यस सार्वजनिक निष्काशन पश्चात वित्तिय संस्थाको चुक्ता पूँजी रु. ८ करोड २९ लाख हुनेछ । पोखरा महानगरपालिकामा मुख्य कार्यालय रहेको यस लघुवित्तले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६५०० सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ । स्पर्सको संस्थापकहरुमा  जनता बैंक , टुरिजम डेभलपमेन्ट बैंक तथा ७५ जना व्यवसायिक र प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन्  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved