यी कम्पनीले आईपिओको रेटिंङ गर्नु नपर्ने, यस्तो छ नयाँ व्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 02:28:39 PM मा प्रकाशित

laxmi  sunrise bank

‘जनताको जलविद्युत आयोजना’ अन्तर्गत निष्काशन हुने आईपिओले रेटिंङ गर्नु नपर्ने भएको छ  । नेपाल धितोपत्र बोर्डले यस आयोजना अन्तर्गत निष्काशन हुने आईपिओलाई क्रेडिट रेटिंग गर्नु नपर्ने गरी छुट दिने निर्णय गरेको हो  । क्रेडिट रेटिंग नियमावली २०६८ को नियम ३ को उपनियम ७ मा ३ लाख भन्दा बढीको सार्बजनिक निष्काशनमा अनिवार्य क्रेडिट रेटिंग गराउनु पर्ने ब्यबस्था छ  । तर बोर्डले ‘जनताको जलविद्युत आयोजना’ अन्तर्गतको निष्काशनलाई यो नियम लागु नहुने गरी छुट दिने निर्णय गरेको हो ।



यस योजना अन्तर्गतको पहिलो आईपिओ त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले सर्बसाधारणको लागि ३७ करोड ५ लाख बराबरको ३७ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी आयोजना निर्माण गरिरहेको छ । 

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले तयार पारेको ‘जनताको जलविद्युत आयोजना’ अन्तर्गत कम्पनीले शेयर निष्काशन गर्न लागेको हो  ।  ‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने नारा सहित सरकारले यो कार्यक्रम सुरु गरेको हो।  यसको लागि धितोपत्र बोर्डले  धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा आवश्यक संशोधन पनि गरिसकेको छ । 

यस आयोजना अन्तर्गत अहिले आफुले खरिद गर्न चाहेको शेयरको लागि आवश्यक पर्ने कुल रकमको १० प्रतिशत मात्र तिरे हुन्छ। आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत बनेपछि बाँकि ९० प्रतिशत रकम दिनु पर्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved