माउन्टेन हाइड्रोको आईपिओ बाँडफांड, २३ हजार ९ सयले पाए ४० कित्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2019 | 11:14:29 AM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आइतबार बिहान शेयर बाँडफांड गरेको हो । 

आईपिओमा ५० हजार ९ सय ५४ जनाले आवेदन दिएकोमा ५० हजार ९ सय ३८ आवेदकको मात्र आवेदन भेरिफाई भएको क्यापिटलले जनाएको छ । कम्पनीको शेयर सबै आवेदकले पाएका छन् । ५० देखि ९ हजार ७ सय ५० कित्तासम्मको लागि आवेदन दिने सबै आवेदकले समान ३० कित्ता शेयर पाएका छन् ।  यी मध्ये २३ हजार ९ सय ६५ आवेदकले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।  यस हिसाबमा २३ हजार ९ सय ६५ जनाले ४० कित्ता र बाँकि आवेदकले ३० कित्ता शेयर पाएका छन् । 

 कम्पनीले यस अघि पहिलो चरणमा  असार २२ देखि  आयोजना प्रभावीत स्थानीयबासीका लागि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो । स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ५ लाख ६६ हजार १ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई १८ लाख १६ हजार १ सय १० कित्ता शेयर निष्काशन गरेको हो ।

 कम्पनीले पाँचथरको फिदिम गाविसमा २१.६ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ  । 

आईपिओको नतिजा बिजपाटीमा

आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा प्रकाशित हुनेछ ।  नतिजा प्रकाशित भएपछि हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको ipo result भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा माउन्टेन हाइड्रो छनौट गरी आफ्नो नाम राखेर आफुलाई कति शेयर परेको छ हेर्न सकिने छ । नतिजा प्रकाशित भएपछि  यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिने छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved