त्रिशुली जलविद्युतको आईपिओ भर्न प्रधानमन्त्रीले खोले डिम्याट खाता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2019 | 11:56:08 PM मा प्रकाशित

laxmi  sunrise bank

 त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गर्ने आईपिओमा आवेदन दिन प्रधानमन्त्री केपी शर्मा ओलीले डिम्याट खाता खोलेका छन् । ओलीले मंगलबार डिम्याट खाता खोलेका हुन् ।  उनले ग्लोबल आईएमई  क्यापिटलमा र नेपाल डिपी लिमिटेडमा गरी २ वटा डिम्याट खाता खोलेका हुन् ।  एक व्यक्तिले एउटा मात्र डिम्याट खाताबात आवेदन दिन सकिने भए पनि उनले २ वटा खाता खोलेका हुन् ।  एक व्यक्तिले २ वटासम्म डिम्याट खाता खोल्न पाइन्छ तर आइपिओमा आवेदन दिंदा भने एउटाबाट मात्र दिन मिल्छ  । 

‘जनताको जलविद्युत आयोजना’ अन्तर्गतको पहिलो आईपिओ त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गर्न लागेको हो । कम्पनीले चैत्र ७ गतेदेखि शेयर निष्काशन गर्ने भएको हो  । सोहि शेयरमा आवेदन दिन प्रधानमन्त्रीले खाता खोलेका हुन् । यस अघि उनको डिम्याट खाता थिएँन । 

ओलीले गत फागुन २ गते ‘जनताको जलविद्युत् कार्यक्रम’ घोषणा गरेका थिए । कार्यक्रमको नारा ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपालीलाई विद्युतको सेयरधनी’ तय छ । यस कार्यक्रम अन्तर्गत विभिन्न १९ आयोजनाको एक खर्ब रुपैंया बराबरको शेयर जनतालाई दिने सरकारी तयारी छ । कार्यक्रमको सार्बजनिक गर्दै प्रधानमन्त्री ओलीले यसको पहिलो शेयर आफुले खरिद गर्ने बताएका थिए । सोहि प्रतिबद्दता अनुसार शेयर खरिद गर्न उनले डिम्याट खाता खोलेका हुन् 

कम्पनीले जारी पूँजी दुई अर्ब ४७ करोड को १५ प्रतिशत अर्थात ३७ करोड पाँच लाख बराबरको १०० अङ्कित दरको ३७ लाख पाँच हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सेयरमा  सर्वसाधारणकाले आवेदन दिन सक्ने छन् । यहि सर्वसाधारणलाई छुट्याइएको शेयरमा प्रधानमन्त्रीले पनि आवेदन दिन लागेका हुन् । आवेदन दिंदा न्युनतम एक सय कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने ब्यबस्था छ । प्रधानमन्त्रीले कति कित्ताको लागि आवेदन दिन्छन त्यो भने हेर्न बाँकि छ । 

जनताको जलविद्युत आयोजनामा रहेको ब्यबस्था अनुसार कम्पनीले हालको लागि प्रति शेयर १० रुपियाँको दरले अग्रिम रकम मात्र माग गरेको हो ।  यस हिसाबमा हालको लागि लगानीकर्ताले एक हजार मै सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । बाँकि ९० रुपियाँ रकम कम्पनीले पछि माग गर्ने छ । अर्थात आयोजनाको भौतिक प्रगति ५० प्रतिशत पुरा भएपछि बाँकि ९० प्रतिशत रकम दिनु पर्ने छ ।  

कम्पनीले ३७ मेगावाटको माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । विसं २०७२ जेठ २४ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजनाले विसं २०७४ भदौ ६ मा विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) र २०७५ भदौ ४ मा ऋण सम्झौता (सिएफए) गरेको थियो । आयोजनाले हालसम्म साइट आवास, कार्यालय भवन, जग्गा अधिग्रहण, टेस्ट अडिट टनेल, पहुँच मार्गसम्मको अधिन, वन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ । उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म पु¥याउन उत्पादनगृहदेखि थ्री ‘बी’ हबसम्म जडानका लागि लैजान आवश्यक पर्ने तीन किमी दूरीको १३२ केभी प्रसारण लाइन निर्माणकार्य हाल जारी रहेको छ । 

समग्रमा आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत छ । आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीमार्फत भइरहेको छ । 

यो पनि : 

त्रिशुली जलविद्युतको आईपिओ भर्नेलाई ८ प्रतिशत ब्याज

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved