स्पर्श लघुवित्तको आईपिओ बाँडफांड मिति तय, २ लाख ८१ हजार आवेदक हात खाली हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2019 | 05:15:15 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पर्श लघुवित्तले निष्काशन गरेको आईपिओ चैत्र १० गते आइतबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे क्यापिटल कै कार्यालय नक्सालमा शेयर बाँडफांड हुने भएको हो । 

कम्पनीको आईपिओमा ३ लाख ६ हजार ४ सय २२ जनाले आवेदन दिएका छन् ।  कम्पनीले २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये ४ हजार १ सय ४८ कित्ता कर्मचारीलाई , १३ हजार ४ सय ८२ कित्ता सामुहिक लगानी कोषलाई बाँडफांड गरिसकिएको कम्पनीले जनाएको छ । बाँकि रहेको २ लाख ५२ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन। कम्पनीको आईपिओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट २५ हजार २ सय आवेदकले मात्र समान १० कित्ता शेयर पाउने छन् । यस हिसाबमा २ लाख ८१ हजार २ सय २२ आवेदक हात खाली हुने छन् । 

कम्पनीले सुरुमा २ करोड ४० लाख रुपैंया वरावरको २ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशनको माग गरेको थियो । तर पछि कम्पनीले त्यसमा २९ हजार ६ सय ३० कित्ता थप गरी कुल २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपिओ निष्काशनको अनुमति मागेको थियो ।   

 हाल वित्तिय संस्थाको चुक्ता पूँजी रु. ५ करोड ६० लाख रहेको छ भने यस सार्वजनिक निष्काशन पश्चात वित्तिय संस्थाको चुक्ता पूँजी रु. ८ करोड २९ लाख हुनेछ । पोखरा महानगरपालिकामा मुख्य कार्यालय रहेको यस लघुवित्तले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६५०० सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ । स्पर्सको संस्थापकहरुमा  जनता बैंक , टुरिजम डेभलपमेन्ट बैंक तथा ७५ जना व्यवसायिक र प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन्  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved