२ कम्पनीले पाए १ अर्ब ७७ करोड बढीको आईपिओ निष्काशन अनुमति, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2019 | 11:33:39 AM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेंन जलविद्युत कम्पनीले आईपिओ निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले यी दुवै कम्पनीलाई चैत्र १० गते आइतबार शेयर निष्काशन अनुमति दिएको हो । दुवै कम्पनीले आयोजना प्रभावित स्थानीयवासीलाई भन्दा पहिला सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेका हुन् । 

अब सान्जेंनले सर्वसाधारणको लागि ५४ करोड ७५ लाख बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ । 

त्यस्तै रसुवागढीले अव सर्वसाधारणको लागि १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपियाँ बराबरको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

दुवै कम्पनीले यस अघि संचयकर्ता, कम्पनीका संस्थापक संस्थाका कर्मचारी र संचयकोषका कर्मचारीलाई आईपिओ निष्काशन गरिसकेका छन् । 

कस्तो छ आयोजनाको प्रगति ?

विगत पाँच वर्ष अगाडिदेखि निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको समग्र निर्माणको प्रगति ६७ प्रतिशत पूरा भएको छ । आयोजना प्रमुख छवि गैह्रेका अनुसार चार हजार १८५ मिटर लामो ‘रेडरेस’ सुरूङ निर्माण सम्पन्न भई मुहानको बाँध बाँध्ने, बालुवा जम्मा गर्ने पोखरी एवं विद्युत्गृह बनाउने काम धमाधम अगाडि बढिरहेको छ । प्रमुख गैह्रेका अनुसार सन् २०२० को फेब्रुअरीसम्ममा रसुवागढी आयोजनाबाट १११ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिनेछ । 

विद्युत् आयोजनाको सम्पूर्ण संरचना भूमिगत भएका कारण भोटेकोशीमा आउने बाढी, भू–क्षय, भूकम्प तथा चट्याङले कुनै असर नपर्ने विद्युत् उत्पादनमा क्रियाशील प्राविधिकले दाबी गरेका छन् ।

साञ्जेन जलविद्युत् आयोजनाअन्तर्गत दुई चरणमा निर्माण भइरहेको विद्युत् संरचनामध्ये १४ दशमलव ८ मेगावाटको माथिल्लो जलविद्युत् आयोजनाको निर्माण कार्य ७५ प्रतिशत र ४२ दशमलव ५ मेगावाट क्षमताको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य भने ६८ प्रतिशत पूरा भएको साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले जानकारी दिए । 

माथिल्लो साञ्जेन आयोजनाबाट अबको एक वर्ष तथा तल्लो साञ्जेन आयोजनाबाट डेढ वर्षभित्र विद्युत् उत्पादन गरिसक्ने लक्ष्यका साथ काम अगाडि बढी रहेको यी दुवै आयोजना अर्धभूमिगतरूपको संरचना हुने बताइएको छ । निर्माणको किसिम भने पानी ल्याउने हेडरेस भूमिगत सुरूङ एवं विद्युत्गृह बाहिरी सतहमा हुने प्राविधिकले बताएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved