हिमालय उर्जा विकासले चैत्र २० गतेदेखि आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2019 | 08:44:05 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय उर्जा विकास कम्पनीले चैत्र २० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १४ करोड ८५ लाख बराबरको १४ लाख ८५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।  जस मध्ये ३ प्रतिशत अर्थात् ४४ हजार ५ सय ५० कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ७४ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ ।   बाँकि रहेको शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  

आईपिओ निष्काशनको लागि  नबिल इन्भेस्टमेन्ट क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  लगानीकर्ताले छिटोमा चैत्र २५ र ढिलोमा बैशाख १९ गतेसम्म आवेदन दिन सक्ने छन्    ।  आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम ६५ सय कित्तासम्मको लागि आवेदन दिन सकिने छ  ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २१ गते सोमबार शेयर निष्काशनको अनुमति दिएको हो ।  कम्पनीले यस अघि पहिलो चरणमा आयोजना प्रभावित दोलखा र रामेछापका स्थानीयवासीको लागि ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । स्थानीयको शेयरमा निष्काशन गरिएको शेयर भन्दा बढीको आवेदन परेको थियो । 

कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको रु २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved