युनियन हाइड्रोपावर लिमिटेडले आज चैत्र १३ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि साउन १४ गतेदेखि ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो । जस मध्ये १ लाख २८ हजार २ सय १० कित्ताको लागि मात्र आवेदन परेको थियो । त्यस समयमा बिक्रि नभएको ६ लाख २१ हजार ७ सय ९० कित्ता समेत थपेर कम्पनीले सर्वसाधारणलाई ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
जस मध्ये २ प्रतिशत अर्थात् ७० हजार ६ सय ८६ कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको र बाँकि रहेको ३४ लाख ६३ हजार ६ सय ५४ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीको आईपिओमा छिटोमा चैत्र १७ र ढिलोमा बैशाख १२ गतेसम्म आवेदन दिन सक्ने छन् । आईपिओमा न्यूनतम ५० कित्ता र अधिकतम ३५ हजार कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीको आईपिओले ५ ग्रेड पाएको छ जुन सबै भन्दा कमजोर हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २८ गते सोमबार शेयर निष्काशनको अनुमति दिएको हो। शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले लमजुङको मिदिम खोलामा ३ मेगावाटको आयोजना निर्माण सम्पन्न गरी १ बर्ष देखि ब्यापारिक उत्पादन गरिरहेको छ।