त्रिशुलीको आईपिओ प्रधानमन्त्री ओलीलाई २० कित्ता, उर्जा मन्त्री र सचिवलाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2019 | 01:46:40 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको आइपीओ बाँडफाड भएको छ ।  उर्जा, जलस्रोत  तथा सिंचाई मन्त्री बर्षमान पुनको उपस्थितिमा बिहिबार सिंहदरबारमा आईपिओ बाँडफांड भएको हो ।  

आईपिओको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपिओमा १ लाख ५४ हजार ५ सय ५९ जना शेयर पाउन योग्य रहेका थिए  । सबै योग्य आवेदकले शेयर पाएका छन् । जस अनुसार १ लाख ५४ हजार ५ सय ५९ आवेदकले २० कित्ता शेयर पाएका छन भने गोलाप्रथाबाट ५० हजार २ सय ६७ आवेदकले थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा ५० हजार २ सय ६७ आवेदकले ३० कित्ता शेयर र बाँकि रहेका १ लाख ४ हजार २ सय ९२ आवेदकले २० कित्ता शेयर पाएका छन् । ६७ आवेदन रद्द भएको, १९ वटा दोहोरो आवेदन परेको र २९ वटा संस्थागत लगानीकर्ताको आवेदन परेको क्यापिटलले जनाएको छ । 

‘जनताको जलविद्युत आयोजना’ अन्तर्गतको पहिलो आईपिओ त्रिशुलीले निष्काशन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता आवेदन दिएर कार्यक्रमको शुभारम्भ गरेका थिए।  १० हजार कित्ताको लागि आवेदन दिएका ओलीले २० कित्ता मात्र शेयर पाएका छन् । त्यस्तै १० हजार कित्ता कै लागि आवेदन दिएकी प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि २० कित्ता नै शेयर पाएकी छिन् । नतिजा अनुसार उर्जा मन्त्री बर्षमान पुन, मन्त्री पत्नी ओनसरी घर्तिले पनि २० कित्ता नै शेयर पाएका छन् । मन्त्रालयका सचिवले पनि २० कित्ता नै शेयर पाएका छन् । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved