त्रिशुली जलविद्युतको आईपिओ तपाईलाई २० कित्ता पर्यो कि ३० ? बिजपाटीमा हेर्नुस नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2019 | 02:41:41 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको आइपीओ बाँडफाड भएको छ ।  उर्जा, जलस्रोत  तथा सिंचाई मन्त्री बर्षमान पुनको उपस्थितिमा बिहिबार सिंहदरबारमा आईपिओ बाँडफांड भएको हो ।  

आईपिओको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपिओमा १ लाख ५४ हजार ५ सय ५९ जना शेयर पाउन योग्य रहेका थिए  । सबै योग्य आवेदकले शेयर पाएका छन् । जस अनुसार १ लाख ५४ हजार ५ सय ५९ आवेदकले २० कित्ता शेयर पाएका छन भने गोलाप्रथाबाट ५० हजार २ सय ६७ आवेदकले थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा ५० हजार २ सय ६७ आवेदकले ३० कित्ता शेयर र बाँकि रहेका १ लाख ४ हजार २ सय ९२ आवेदकले २० कित्ता शेयर पाएका छन् । ६७ आवेदन रद्द भएको, १९ वटा दोहोरो आवेदन परेको र २९ वटा संस्थागत लगानीकर्ताको आवेदन परेको क्यापिटलले जनाएको छ । 



‘जनताको जलविद्युत आयोजना’ अन्तर्गतको पहिलो आईपिओ त्रिशुलीले निष्काशन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता आवेदन दिएर कार्यक्रमको शुभारम्भ गरेका थिए। लगानीकर्ताले  न्युनतम एक सय कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिएका हुन । तर हाललाई कम्पनीले प्रति शेयर १० रुपियाँको दरले अग्रिम रकम मात्र माग गरेको हो । यस हिसाबमा हालको लागि लगानीकर्ताले एक हजार मै सय कित्ताको लागि आवेदन दिएका हुन । बाँकि ९० रुपियाँ रकम कम्पनीले पछि माग गर्ने छ । अर्थात आयोजनाको भौतिक प्रगति ५० प्रतिशत बनेपछि बाँकि ९० प्रतिशत रकम दिनु पर्ने छ । 

कम्पनीले ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल बिद्युत प्राधिकरण र नेपाल टेलिकमको समान ३० -३० प्रतिशत लगानी रहेको छ। बाँकि ४० प्रतिशत सर्वसाधारणले लगानी गर्ने भएका हुन् ।  

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले तयार पारेको ‘जनताको जलविद्युत आयोजना’ अन्तर्गत कम्पनीले शेयर निष्काशन भएको हो।  ‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने नारा सहित सरकारले यो कार्यक्रम सुरु गरेको हो।  यसको लागि धितोपत्र बोर्डले  धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा आवश्यक संशोधन पनि गरिसकेको छ । बोर्डले यस योजना अन्तर्गत निष्काशन हुने आईपिओको क्रेडिट रेटिंग गर्नु नपर्ने छुट समेत दिएको छ  । 


नतिजा बिजपाटीमा 

आईपिओको नतिजा  बिजपाटी डटकममा प्रकशित भएको छ । नतिजा  हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको ipo result भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा त्रिशुली जलविद्युत छनौट गरी आफ्नो नाम राखेर आफुलाई कति शेयर परेको हेर्न सकिने छ । शेयर परेको भए तपाइँले आवेदन दिएको कित्ता र तपाईलाई शेयर परेको कित्ता देखाउने छ भने आवेदन रद्द भएर शेयर नपरेको भए sorry you have not been allotted भन्ने संदेश देखाउने छ । यहाँ क्लिक गरेर पनि आईपिओ नतिजा हेर्न सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved