आईपिओ निष्काशन गर्न लागेको लिबर्टीले पायो ग्रेड ४ को रेटिंङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2019 | 12:02:06 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशन गर्न लागेको लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले ग्रेड ४ को रेटिंग पाएको छ । इक्रा नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंग प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा तल रहेको दर्शाउछ  । 

कम्पनीले सर्वसाधारण र स्थानीयलाई गरी ३७ करोड ५० लाख रुपैयाँको ३७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो  ।   कम्पनीको गत पौष ३० गते सम्पन्न आठौं बार्षिक साधारण सभाले सर्वसाधारण र स्थानीयलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । 

 कम्पनीले लमजुङ जिल्लास्थित २५ मे.वा. क्षमताको दोर्दी “ए” जलविद्युत आयोजनाको २०७५ आश्विन मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यस्तै कम्पनीद्वारा प्रवद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मे.वा. क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन कार्य आगामी १ भित्रमा सम्पन्न गर्नेगरी सर्भेक्षण कार्य अघि बढाएको कम्पनीले जनाएको छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved