घोडीघोडा लघुवित्तले माग्यो आईपिओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2019 | 06:10:34 PM मा प्रकाशित

laxmi  sunrise bank

घोडीघोडा लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले शेयर निष्काशनको अनुमति माग्दै चैत्र १७ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो 

कम्पनीले १ करोड ३२ लाख ६० हजार बराबरको १ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले शेयर निष्काशन गर्ने छ 

कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र सुर्खेत गरी १० जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । हाल कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्तापूँजी १ करोड १० लाख ५० हजार रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved