आईपिओ निष्काशन गर्न लागेको सबैको लघुवित्तले पायो ग्रेड ४ को रेटिंङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2019 | 08:53:10 AM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशन गर्न लागेको सबैको लघुवित्तले ग्रेड ४ को रेटिंङ पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको दर्शाउछ ।

कम्पनीले ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको हो  ।  

लघुवित्तले चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा १ करोड २० लाख खुद मुनाफा आर्जन गरेको छ।  तनहुँको बन्दीपुर डुम्रेमा केन्द्रीय कार्यालय स्थापना गरि २०७४ आषाढ ३० गतेबाट कारोवार सुरु गरेको सबैको लघुवित्तले हालै सम्पन्न दोस्रो बार्षिक साधारणसभाबाट यहि आर्थिक बर्षमा आइपीओं जारी गर्ने निर्णय गरेको हो।  यस आर्थिक बर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले २२ जिल्लामा रहेका आफ्ना ३३ वटा शाखाहरु मार्फत् २१,६१० जना ग्राहक सदस्यहरुलाई सेवा उपलब्ध गराउदै आएको छ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved