नबिल बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2019 | 09:02:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले ऋणपत्र निष्काशन प्रक्रिया अगाडी बढाएको छ  । बैंकले प्रति इकाई एक हजारका दरले २० लाख कित्ता अर्थात २ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

बैंकले ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल मार्केट Laxmi Capital Market Ltd लाई बिक्रि तथा व्यवस्थापन प्रबन्धक चयन गरेको छ । जस अनुसार  ऋणपत्रको सार्वजनिक निष्काशन तथा व्यक्तिगत तवरमा विक्री कार्यको व्यवस्थापन लक्ष्मी क्यापिटलले गर्नेछ । सो सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका हुन् । 

नबिल बैंकले ७५ वटा शाखाहरुको सञ्जाल तथा १२८ वटा एटिएमहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved