शिव श्री हाइड्रोले सर्वसाधारणलाई ३३ करोडको आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2019 | 09:17:58 AM मा प्रकाशित

laxmi  sunrise bank

शिव श्री हाइड्रोपावरले सर्वसाधारणलाई आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  ।  कम्पनीले चैत्र १७ गते आइतबार बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले यस अघि स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको  ११ लाख ३६ हजार ५ सय ४० कित्ता समेत थपेर सर्वसाधारणलाई ३१ लाख ६० हजार १ सय ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा पुस २७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार ४ सय कित्ता शेयर निष्काशन गरेको थियो । यस निष्काशनमा सिन्धुपाल्चोक जिल्लाका भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका स्थानीयले आवेदन दिएका थिए ।   स्थानीयलाई छुट्याईएको मध्ये २३ प्रतिशत शेयर मात्र बिक्रि भएको हो। 

शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सिन्धुपाल्चोकको चाँखु खोलामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved