हिमालय उर्जा विकासको आईपिओमा पहिलो दिन कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2019 | 05:50:02 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय उर्जा विकास कम्पनीले आज चैत्र २० गतेदेखि निष्काशन गरेको आईपिओमा पहिलो दिन ६ करोड बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज बुधबार बेलुका ५:३० बजेसम्ममा करिब ७ हजार ९ सय आवेदकबाट ६ लाख ४३ हजार कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंगले जानकारी दिएको छ । 

कम्पनीले सर्वसाधारणलाई १४ करोड ८५ लाख बराबरको १४ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको हो ।  जस मध्ये ३ प्रतिशत अर्थात् ४४ हजार ५ सय ५० कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ७४ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ ।  बाँकि रहेको शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  

आईपिओ निष्काशनको लागि  नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ  ।  लगानीकर्ताले छिटोमा चैत्र २५ र ढिलोमा बैशाख १९ गतेसम्म आवेदन दिन सक्ने छन् ।  आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम ६५ सय कित्तासम्मको लागि आवेदन दिन सकिने छ  ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २१ गते सोमबार शेयर निष्काशनको अनुमति दिएको हो ।  कम्पनीले यस अघि पहिलो चरणमा आयोजना प्रभावित दोलखा र रामेछापका स्थानीयवासीको लागि ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । स्थानीयको शेयरमा निष्काशन गरिएको शेयर भन्दा बढीको आवेदन परेको थियो । 

कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको रु २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ ।

यो पनि : 

'पहिलो बर्षबाट नै लाभांश दिने लक्ष्य छ' हिमालय उर्जाका संचालक न्यौपानेको अन्तर्वार्ता

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved