आईपिओ निष्काशन गर्न लागेको शिव श्री हाइड्रोले कति पायो रेटिंङ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2019 | 10:27:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशन गर्न लागेको शिव श्री हाइड्रोपावरले ग्रेड ४ को रेटिंग पाएको छ । केयर रेटिग्स नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको बताउछ । 

कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  ।  कम्पनीले चैत्र १७ गते आइतबार बोर्डमा आवेदन दिएको हो । कम्पनीले यस अघि स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको  ११ लाख ३६ हजार ५ सय ४० कित्ता समेत थपेर सर्वसाधारणलाई ३१ लाख ६० हजार १ सय ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा पुस २७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार ४ सय कित्ता शेयर निष्काशन गरेको थियो । यस निष्काशनमा सिन्धुपाल्चोक जिल्लाका भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका स्थानीयले आवेदन दिएका थिए ।   स्थानीयलाई छुट्याईएको मध्ये २३ प्रतिशत शेयर मात्र बिक्रि भएको हो। 

शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सिन्धुपाल्चोकको चाँखु खोलामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved