युनियन हाइड्रोको आईपिओमा हालसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2019 | 06:33:13 PM मा प्रकाशित

laxmi  sunrise bank

युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले चैत्र १३ गतेदेखि निष्काशन गरेको आईपिओमा हालसम्म करिब २९ करोड ८१ लाख बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार आइतबार बेलुका सम्म कम्पनीको आईपिओमा ३७ हजार ३ सय ३४ आवेदकबाट २९ लाख ८१ हजार ७ सय ६० कित्ताको आवेदन परेको छ । कम्पनीले सर्वसाधारणको लागि ३५ लाख ३४ हजार ३ सय ४० कित्ता निष्काशन गरेको थियो।  

बिक्रिमा राखेको आइपीओमा प्रयाप्त आबेदन नपरेपछि निष्काशन समयअवधि लम्बिएको छ। युनियन हाइड्रोको आइपीओ निष्काशन छिटोमा चैत १७ गते बन्द रहने समयसीमा रहेकोमा अब पूर्ण आबेदन नपर्दासम्मको लागि लम्बिएको छ। युनियन हाइड्रोको आइपीओमा अब ढिलोमा अगामी बैशाख १२ गतेसम्म आबेदन दिन सक्नेछन। सो भन्दा अगावै माग अनुसारको आवेदन परे सोहि समयमा निष्काशन बन्द हुने छ   । 

यो पनियुनियन हाइड्रोको आइपीओ: यस्तो छ कम्पनीको दाबी र वास्तविकता (विश्लेषण)

कम्पनीले  आयोजना प्रभावित स्थानीयको लागि साउन १४ गतेदेखि   ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ।  जस मध्ये १ लाख २८ हजार २ सय १० कित्ताको लागि मात्र आवेदन परेको थियो । त्यस समयमा बिक्रि नभएको ६ लाख २१ हजार ७ सय ९० कित्ता समेत थपेर कम्पनीले सर्वसाधारणलाई ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशन गरेको हो। 


युनियन हाइड्रोको आइपीओमा आबेदन दिन इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका  ७७ जिल्लाबाटै र मेरो सेयर मार्फत आवेदन गर्न सक्नेछन। 

आईपिओमा न्यूनतम ५० कित्ता र अधिकतम ३५ हजार कित्तासम्म आवेदन दिन सकिने छ।  कम्पनीको आईपिओले ५ ग्रेड पाएको छ जुन सबै भन्दा कमजोर हो।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २८ गते सोमबार शेयर निष्काशनको अनुमति दिएको हो। शेयर निष्काशनको लागि  लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले लमजुङको मिदिम खोलामा ३ मेगावाटको आयोजना निर्माण सम्पन्न गरी १ बर्ष देखि ब्यापारिक उत्पादन गरिरहेको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved