सान्जेंन जलविद्युतले पनि बैशाख ६ देखि आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2019 | 09:09:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सान्जेंन जलविद्युत कम्पनी लिमिटेडले बैशाख ६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ  । कम्पनीले ५४ करोड ७५ लाख बराबरको ७४ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ५ प्रतिशत अर्थात् २ लाख ७३ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि र ४ प्रतिशत अर्थात् २ लाख १९ हजार कम्पनीका कर्मचारीको लागि सुरक्षित गरिएको छ । बाँकि रहेको ४९ लाख ८२ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

कम्पनीको आईपिओमा छिटोमा बैशाख १० गते र त्यस समयसम्म पर्याप्त आवेदन नपरेको खण्डमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा प्रति कित्ता एक सय रुपियाँको दरले न्युनतम ५० कित्ता र अधिकतम २ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । यसमा आयोजना प्रभावित बासिन्दाहरुले र यस अघि कम्पनीका शेयर खरिद गरिसकेकाले आवेदन दिन पाउने छैनन् । शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ भने एनएमबि क्यापिटल र  सनराइज क्यापिटल सहायक बिक्रि प्रबन्धक रहेका छन्  ।

कम्पनीको आईपिओले ४ प्लसको रेटिग पाएको छ । यसले औसत भन्दा कम आधारहरु रहेको जनाउछ । रसुवामा निर्माणाधीन अवस्थामा रहेका साञ्जेनका दुई वटा आयोजना छन् । त्यसमा माथिल्लो साञ्जेनको क्षमता १४ दशमलव आठ मेगावाट रहेको छ भने साञ्जेनको क्षमता ४२ दशमलव पाँच मेगावाट छ ।  यस कम्पनीको प्रति मेगावाट लागत १५ करोड  रहेको छ । सान्जेंन आयोजना पनि जनताको जलविद्युत कार्यक्रममा समाबेश भएको छ । 

यो पनि : 

रसुवागढी हाइड्रोपावरले बैशाख ६ देखि आईपिओ निष्काशन गर्ने

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved