आईपिओ निष्काशन गर्न लागेको हिमाल दोलखाले कति पायो रेटिंङ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2019 | 03:36:05 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशन गर्न लागेको हिमाल दोलखा हाइड्रोपावर कम्पनीले ग्रेड ४ को रेटिंग पाएको छ । केयर रेटिंग नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको बताउछ । 

कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता १ सयका दरले ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता आइपीओ बिक्रि गर्ने तयारी गरेको हो । शेयर निष्काशनका लागि कम्पनीले लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ।  

हिमाल दोलखाले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण तथा संचालन गर्ने विभिन्न कम्पनीहरुमा लगानी गरेको छ। जसमा गोदक गाबिस स्थित  ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ईलाम नगरपालिका स्थित ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजना छ। दुवै आयोजनाको लागत क्रमश: ७२ करोड ५३ लाख र १ अर्ब ३४ करोड ५७ लाख छ। 

माई खोला आयोजना संचालन भईसकेको छ भने माई साना क्यास्केड आयोजना एक महिना भित्र संचालनमा आउने तयारीमा छ। दुवै आयोजनाको प्रति मेगावाट मुल्य १६ करोड हुने जनाइएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved