अब १० कित्ता मात्र आईपिओ भर्न पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2019 | 04:36:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सार्बजनिक निष्काशनमा न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्ने ब्यबस्था हटेको छ  । नेपाल धितोपत्र बोर्डले न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्ने ब्यबस्था हटाउदै नयाँ ब्यबस्था लागु गरेको छ ।

नयाँ ब्यबस्था अनुसार  सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्ता पनि आवेदन गर्न पाईने भएको छ। विद्यार्थी तथा स–साना पूँजी भएका वर्गको पूँजीबजारमा पहँुच बढाउने र यसलाई समावेशी वनाई यो बर्षको एक नेपाली एक डिम्याट खाता अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो ब्यबस्था लागु गरिएको बोर्डले जनाएको छ । बोर्डले यस ब्यबस्थालाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै निष्काशन तथा विक्री प्रबन्धक मर्चेन्ट बैंकरहरुलाई परिपत्र समेत गरिसकेको छ ।

नयाँ ब्यबस्थाले एक नेपाली एक डिम्याट खाता अभियानमा समेत व्यापक सहभागिता बढी पूँजीबजारको विकास तथा विस्तारमा थप टेवा पुग्ने बोर्डको अपेक्षा छ ।शेयर बाँडफांडको क्रममा उपलब्ध भएसम्म सबै आवेदकहरुले न्युनतम १० कित्ता शेयर पाउने ब्यबस्था यस अघि नै लागु भईसकेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved