नेपाल एग्रो लघुवित्तको आइपिओ बैशाख ८ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2019 | 08:36:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एग्रो लघुवित्तले बैशाख ८ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले  १ करोड ६१ लाख ७७ हजार ८ सय रुपियाँ बराबरको १ लाख ६१ हजार ७ सय ७८ कित्ता शेयर निष्काशन निष्काशन गर्न लागेको हो । जस मध्ये २४ सय ८९ कित्ता कर्मचारीहरुलाई र ८ हजार ८९ कित्ता सामुहिक लगानी कोषलै छुट्याइएको छ । बाँकि रहेको १ लाख ५१ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ८ सय कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । तर लघुवित्तको आईपिओमा अर्त्यधिक आवेदन पर्ने र गोलाप्रथाबाट १० कित्ता मात्र शेयर पर्ने भएकोले सो भन्दा माथिको लागि आवेदन दिनु उपयुक्त हुने छैन ।  लगानीकर्ताले बैशाख ११ गतेसम्म आवेदन दिन सक्ने छन्  ।

शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले ३ लाख भन्दा कमको आईपिओ जारी गर्न लागेकोले क्रेडिट रेटिंग गराउनु नपर्ने छुट पाएको छ  । कम्पनीको मुख्य कार्यालय कास्की जिल्ला पोखरा महानगरपालिका–१८, विन्ध्यवासिनीमा रहेको छ । संस्थाले १० जिल्लामा रहेका २६ शाखाबाट १५ हजार ९७० महिलाबीच वित्तीय कारोबार सञ्चालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved