हिमालय उर्जाको आईपिओमा अधिकांशलाई २० कित्ता शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2019 | 03:14:13 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय उर्जा विकास कम्पनीले निष्काशन गरेको आईपिओ बैशाखको पहिलो साता भित्रमा बाडफांड हुने भएको छ । बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंङले बैशाख ३ गते बाँडफांड गर्ने तयारी गरिएपनि मितिको टुंगो भने लागि नसकेको जनाएको छ।  

 कम्पनीले चैत्र २० गतेदेखि १४ करोड ८५ लाख बराबरको १४ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको हो ।  जस मध्ये ३ प्रतिशत अर्थात् ४४ हजार ५ सय ५० कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ७४ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको थियो ।  बाँकि रहेको १३ लाख ६६ हजार २ सय कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका हुन । 

आईपिओमा कुल ६९ हजार ७ सय ८ जनाले आवेदन दिएकोमा कुल ६९ हजार ६ सय ७० आवेदक शेयर पाउन योग्य रहेको नबिल इन्भेस्टमेन्टले जनाएको छ । शेयर निष्काशन गरिएको भन्दा बढीको आवेदन परेकोले सुरुमा सबै आवेदकलाई समान १० कित्ता शेयर बाँडफांड हुने छ । बाँकि रहेको शेयर गोलाप्रथाबाट १० कित्ताको दरले बाँडफांड हुनेछ । 

यस हिसाबमा ६६ हजार ९ सय ५० आवेदकले २० कित्ता शेयर र २ हजार ७ सय २० आवेदकले १० कित्ता शेयर पाउने प्रारम्भिक आंकलन गरिएको छ । यद्यपि यो संख्यामा केहि तलमाथि पर्न सक्ने छन् । तर आवेदकले पाउने शेयर भने १० वा २० कित्ता नै हुने छ ।

 कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको रु २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved