हिमालय उर्जाको आईपिओ बाँडफांड हुदै, २७ सय २० जनालाई १० कित्ता मात्रै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2019 | 09:27:29 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय उर्जा विकास कम्पनीले निष्काशन गरेको आईपिओ आज बैशाख ३ गते मंगलबार बाँडफांड हुदै छ । बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंङले दिउँसो १ बजे इन्द्रेणी ब्यानक्वेट, बानेश्वरमा शेयर बाँडफांड गर्ने तयारी गरेको हो ।  

 कम्पनीले चैत्र २० गतेदेखि १४ करोड ८५ लाख बराबरको १४ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।  जस मध्ये ३ प्रतिशत अर्थात् ४४ हजार ५ सय ५० कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ७४ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको थियो ।  बाँकि रहेको १३ लाख ६६ हजार २ सय कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका हुन । 

आईपिओमा कुल ६९ हजार ७ सय ८ जनाले आवेदन दिएकोमा कुल ६९ हजार ६ सय ७० आवेदक शेयर पाउन योग्य रहेको नबिल इन्भेस्टमेन्टले जनाएको छ । शेयर निष्काशन गरिएको भन्दा बढीको आवेदन परेकोले सुरुमा सबै आवेदकलाई समान १० कित्ता शेयर बाँडफांड हुने छ । बाँकि रहेको शेयर गोलाप्रथाबाट १० कित्ताको दरले बाँडफांड हुनेछ । यस हिसाबमा ६६ हजार ९ सय ५० आवेदकले २० कित्ता शेयर र २ हजार ७ सय २० आवेदकले १० कित्ता शेयर पाउने छन् ।  

 कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको रु २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved