हिमालय उर्जाको आईपिओ बाँडफांड, नतिजा बिजपाटीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2019 | 01:27:53 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय उर्जा विकास कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ ।  बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंङले दिउँसो १ बजे इन्द्रेणी ब्यानक्वेट, बानेश्वरमा शेयर बाँडफांड गरेको हो । 

कम्पनीले चैत्र २० गतेदेखि १४ करोड ८५ लाख बराबरको १४ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।  जस मध्ये ३ प्रतिशत अर्थात् ४४ हजार ५ सय ५० कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ७४ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको थियो ।  बाँकि रहेको १३ लाख ६६ हजार २ सय कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका हुन । 

आईपिओमा कुल ६९ हजार ७ सय ८ जनाले आवेदन दिएकोमा कुल ६९ हजार ६ सय ७० आवेदक शेयर पाउन योग्य रहेको नबिल इन्भेस्टमेन्टले जनाएको छ । शेयर निष्काशन गरिएको भन्दा बढीको आवेदन परेकोले सुरुमा सबै आवेदकलाई समान १० कित्ता शेयर बाँडफांड भएको छ । बाँकि रहेको शेयर गोलाप्रथाबाट १० कित्ताको दरले बाँडफांड भएको छ । यस हिसाबमा ६६ हजार ९ सय ५० आवेदकले २० कित्ता शेयर र २ हजार ७ सय २० आवेदकले १० कित्ता शेयर पाएका छन् ।   

 कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको रु २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ । 


नतिजा बिजपाटीमा 

आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा प्रकशित हुनेछ । नतिजा प्रकाशित भएपछि हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको ipo result भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा हिमालय उर्जा विकास छनौट गरी आफ्नो नाम राखेर आफुलाई कति शेयर परेको हेर्न सकिने छ । शेयर परेको भए तपाइँले आवेदन दिएको कित्ता र तपाईलाई शेयर परेको कित्ता देखाउने छ भने आवेदन रद्द भएर शेयर नपरेको भए sorry you have not been allotted भन्ने संदेश देखाउने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved