आईपिओ किन्न सभामुख महराले खोले डिम्याट खाता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2019 | 10:15:30 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले डिम्याट खाता खोलेका छन् । शुक्रबारदेखि बिक्री गर्न लागिएको रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको साधारण शेयर खरीदका लागि सभामुख महराले आज ग्लोबल आइएमई क्यापिटलमा डिम्याट खाता खोलेका हुन् ।

‘जनताको जलविद्युत्’ कार्यक्रम अन्तर्गत यी आयोजनाले शेयर निष्काशन गर्न लागेका हुन् । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । सो कार्यक्रम अन्तर्गतको पहिलो शेयर माथिल्लो त्रिशुली थ्री बीको बिक्री गरिएको थियो । सोही क्रममा शुक्रबारदेखि रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयर बिक्री गरिने भएको छ । ती दुई आयोजनाको कूल रु एक अर्ब ५४ करोड बराबरको शेयर बिक्री गरिनेछ । ती दुई आयोजना चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरेका हुन् । ती दुवै आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा सञ्चय कोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेका छन् ।

कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र माथिल्लो साञ्जेनको ७७ प्रतिशत र साञ्जेनको ७० प्रतिशत भौतिक प्रगति भएको छ । सरकारले ती दुवै आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved