सर्बसाधारणलाई १ अर्ब ५७ करोडको आईपिओ बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2019 | 08:06:20 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बैशाख ६ गतेदेखि एक साथ २ वटा कम्पनीले आईपिओ निष्काशन गररेका छन् । २ कम्पनीले सर्वसाधारणलाई कुल १ अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपियाँ बराबरको शेयर निष्काशन गरेका हुन् । जनताको जलविद्युत आयोजनामा पछिल्लो समय थपिएका रसुवागढी हाइड्रोपावर र सान्जेंन जलविद्युत कम्पनीले एक साथ बैशाख ६ गतेदेखि शेयर निष्काशन गरेका हुन । 

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आज बैशाख ६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले  एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओनिष्काशन गरेको हो । जस मध्ये ४ प्रतिशत अर्थात् ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत अर्थात् ५ लाख १३ हजार १ सय ५७ कित्ता शेयर सामुहिक लगानी कोषको लागि बाँडफांड गरिएको छ । बाँकि रहेको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपिओमा छिटोमा बैशाख १० गते र त्यस समयसम्म पर्याप्त आवेदन नपरेको खण्डमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा प्रति कित्ता एक सय रुपियाँको दरले न्युनतम १०  कित्ता र अधिकतम ५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । यसमा आयोजना प्रभावित बासिन्दाहरुले र यस अघि कम्पनीका शेयर खरिद गरिसकेकाले आवेदन दिन पाउने छैनन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ भने एनआईबिएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल सहायक बिक्रि प्रबन्धक रहेका छन्  ।

कम्पनीको आईपिओले ४ प्लसको रेटिग पाएको छ । यसले औसत भन्दा कम आधारहरु रहेको जनाउछ । रसुवामा १ सय ११ मेगावाटको आयोजना निर्माण गरिरहेको यस कम्पनीको प्रति मेगावाट लागत १५ करोड १२ लाख १२ हजार रहेको छ भने कम्पनीले ७६ साल फागुन ७ गतेदेखि बिद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । 


सान्जेंन जलविद्युत कम्पनी लिमिटेड

सान्जेंन जलविद्युत कम्पनी लिमिटेडले पनि आज बैशाख ६ गतेदेखि नै सर्वसाधारणलाई आईपीओ बिक्रि खुला गरेको छ। कम्पनीले ५४ करोड ७५ लाख बराबरको ७४ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ प्रतिशत अर्थात् २ लाख ७३ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि र ४ प्रतिशत अर्थात् २ लाख १९ हजार कम्पनीका कर्मचारीको लागि सुरक्षित गरिएको छ । बाँकि रहेको ४९ लाख ८२ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

कम्पनीको आईपिओमा छिटोमा बैशाख १० गते र त्यस समयसम्म पर्याप्त आवेदन नपरेको खण्डमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा प्रति कित्ता एक सय रुपियाँको दरले न्युनतम १०  कित्ता र अधिकतम २ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । यसमा आयोजना प्रभावित बासिन्दाहरुले र यस अघि कम्पनीका शेयर खरिद गरिसकेकाले आवेदन दिन पाउने छैनन् । शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ भने एनएमबि क्यापिटल र  सनराइज क्यापिटल सहायक बिक्रि प्रबन्धक रहेका छन्  । 

कम्पनीको आईपिओले ४ प्लसको रेटिग पाएको छ । यसले औसत भन्दा कम आधारहरु रहेको जनाउछ । रसुवामा निर्माणाधीन अवस्थामा रहेका साञ्जेनका दुई वटा आयोजना छन् । त्यसमा माथिल्लो साञ्जेनको क्षमता १४ दशमलव आठ मेगावाट रहेको छ भने साञ्जेनको क्षमता ४२ दशमलव पाँच मेगावाट छ ।  यस कम्पनीको प्रति मेगावाट लागत १५ करोड  रहेको छ ।  

यो पनि : 

एक साथ ६ कम्पनीको आइपीओ बिक्रीमा, कुनमा लगानी गर्दा बढी फाइदा ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved