रसुवागढी र सान्जेंनको आईपिओमा क-कसले दिन पाउछन आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2019 | 11:26:11 AM मा प्रकाशित

laxmi  sunrise bank

बैशाख ६ गतेदेखि रसुवागढी हाइड्रो र सान्जेंन जलविद्युत कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गरिरहेका छन् । २ कम्पनीले सर्वसाधारणलाई कुल १ अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपियाँ बराबरको शेयर निष्काशन गरेका  हुन्। जनताको जलविद्युत आयोजनामा पछिल्लो समय थपिएका रसुवागढी हाइड्रोपावर र सान्जेंन जलविद्युत कम्पनीले एक साथ  शेयर निष्काशन गरेका हुन । 

 रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले  एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओनिष्काशन गरेको हो । जस मध्ये ४ प्रतिशत अर्थात् ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत अर्थात् ५ लाख १३ हजार १ सय ५७ कित्ता शेयर सामुहिक लगानी कोषको लागि बाँडफांड गरिएको छ । बाँकि रहेको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

त्यस्तै सान्जेंन जलविद्युत कम्पनी लिमिटेडले  ५४ करोड ७५ लाख बराबरको ७४ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ प्रतिशत अर्थात् २ लाख ७३ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि र ४ प्रतिशत अर्थात् २ लाख १९ हजार कम्पनीका कर्मचारीको लागि सुरक्षित गरिएको छ । बाँकि रहेको ४९ लाख ८२ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।

क-कसले दिन पाउछ आवेदन ? 

यो आईपिओमा सबै नेपाली नागरिकले आवेदन दिन पाउने छन् । तर यी दुवै कम्पनीले पहिलो चरणमा शेयर निष्काशन गर्दा आवेदन दिएकाहरुले यस पटक आवेदन दिन पाउने छैनन् । जस अनुसार पहिलो चरणमा शेयर निष्काशन हुंदा आवेदन दिएका संचयकोषका कर्मचारी, संचयकोषका संचयकर्ता, कम्पनीको संस्थापक संगठित संस्था र प्रबर्दक कम्पनीका कर्मचारी, र कम्पनीलाई ऋण दिएका ऋणदाता कम्पनीका कर्मचारीले यस आईपिओमा आवेदन दिन पाउने छैनन् । यदि उनीहरुले आवेदन दिए आवेदन स्वत रद्द हुने छ ।

त्यस्तै दुवै कम्पनीले आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गर्न बाँकि छ । अहिले आवेदन दिएका स्थानीयहरुले स्थानीयको लागि शेयर निष्काशन हुँदा आवेदन दिन पाउने छैनन् । यदि उनीहरुले आवेदन दिएका आवेदन स्वत रद्द हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved