सान्जेन तथा रसुवागढीको आईपिओमा तेस्रो दिनसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2019 | 06:08:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको जनताको जलबिद्युत अन्तर्गत सर्वसाधारणलाई साधारण सेयर निष्काशन गरेका सान्जेन जलबिद्युत कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओमा उल्लेख्य आबेदन परेको छ। 

सान्जेन 

आइपीओ निष्काशनको तेस्रो दिनसम्ममा सान्जेन जलबिद्युतको आइपीओमा १ लाख ५८ हजार ५ सय ७३ आवेदकबाट ८० लाख ८५ हजार ३ सय ५० कित्ताको लागि आबेदन परेको छ।  

बैशाख ६ देखि आइपीओ निष्काशन गरेको सान्जेनले प्रति सेयर १०० रुपैयाँका दरले ५४ लाख ७५००० कित्ता आइपीओ निष्काशन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात २ लाख ७३ हजार ७५० कित्त्ता सामुहिक लगानी कोष, ४ प्रतिशत अर्थात २ लाख १९००० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। 

रसुवागढी 

रसुवागढी हाइड्रो अर्को बर्षदेखि नाफामा, यस्तो छ लाभांश दाबी र वास्तविकता (विश्लेषण)

बैसाख ६ देखिनै आइपीओ निष्काशन गरेको रसुवागढी हाइड्रोको आइपीओमा तेस्रो दिनसम्ममा १ लाख ५८ हजार ७ सय २५ आवेदकबाट ९९ लाख  ६ हजार ४ सय ५० कित्ताको लागि आबेदन परेको छ। रसुवागढीले सर्वसाधारणको लागि मात्र भनेर ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता बिक्रि खुला गरेको हो । 

रसुवागढीले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओ निष्काशन गरेको हो।  यसमध्ये ४ प्रतिशत अर्थात् ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत अर्थात् ५ लाख १३ हजार १ सय ५७ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ।

दुवै कम्पनिको आईपिओमा बैशाख १० गते सम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा प्रति कित्ता एक सय रुपियाँको दरले न्युनतम १० कित्ताको लागि आबेदन दिन सकिनेछ। त्यस्तै सान्जेनकोमा अधिकतम २ हजार र रसुवागढीकोमा ५ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। 

दुवैमा आयोजना प्रभावित बासिन्दाहरुले र यस अघि कम्पनीका शेयर खरिद गरिसकेकाले आवेदन दिन पाउने छैनन् । शेयर निष्काशनको लागि रसुवागढीको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ भने एनआईबिएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल सहायक बिक्रि प्रबन्धक रहेका छन। त्यस्तै सान्जेनको लागि धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा नागरिक लगानी कोष र सह निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल छन।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved