नेपाल एग्रोको आईपिओमा तेस्रो दिनसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2019 | 05:41:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको साधारण सेयरमा तेस्रो दिनसम्ममा माग भन्दा ३१ गुणा बढी आबेदन परेको छ। बैशाख ८ देखि बिक्रि खुला गरिएको नेपाल एग्रोको आईपिओमा २ लाख २९ हजार ३ सय ८ जना आवेदकबाट ४७ लाख ३३ हजार २ सय ४० कित्ताको लागि आवेदन परेको छ । 

नेपाल एग्रोले १ करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँ बराबरको १ लाख ६१ हजार ७ सय ७८ कित्ता आइपीओ बिक्रीमा राखेको हो। जसमध्ये २४ सय ८९ कित्ता कर्मचारीहरुलाई र ८ हजार ८९ कित्ता सामुहिक लगानी कोषलै छुट्याइएको छ । बाँकि रहेको १ लाख ५१ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्। यस हिसाबमा ३ दिनसम्ममा ३१.३० गुणा बढी आवेदन परेको हो । 

यो पनि: नेपाल एग्रोको जोड हकप्रदमा मात्रै, यस्तो छ लाभांश दाबी र वास्तविकता (विश्लेषण)

लगानीकर्ताले  बैशाख ११ गतेसम्म आबेदन दिन सक्नेछन। लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ८ सय कित्तासम्मको लागि आवेदन दिन सक्ने छन। शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ।   

कम्पनीको मुख्य कार्यालय कास्की जिल्ला पोखरा महानगरपालिका–१८, विन्ध्यवासिनीमा रहेको छ । संस्थाले १० जिल्लामा रहेका २६ शाखाबाट १५ हजार ९७० महिलाबीच वित्तीय कारोबार सञ्चालन गरिरहेको छ।   

कम्पनीको बारेमा 

नेपाल एग्रोले नेपाल राष्ट्र बैंकबाट २३ भदौ २०७३  मा ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा कारोबार गर्न स्वीकृति लिएर ४ असोजबाट औपचारिक कारोबार सुरु गरेको हो ।

पोखरा कास्कीमा रजिष्टर्ड कार्यालय रहेको यस लघुवित्तले कास्की, पर्वत, बागलुङ, गुल्मी, प्यूठान, रोल्पा, सल्यान, पाल्पा, तनहुँ र लम्जुङ गरी १० जिल्लाका २६ वटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा दिइरहेको छ । 

वित्तीय अवस्था 

यस अवधिमा लघुवित्तको अधिकृत पुंजी १० करोड छ भने जारि पुंजी ४ करोड ९७ लाख ७८ हजार रुपैयाँ छ भने चुक्ता पुंजी ३ करोड ३६ लाख छ। पुस मसान्तसम्म लेखापरीक्षण नभएको वित्तीय प्रतिवेदनअनुसार १ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म लघुवित्तको खुद मुनाफा ७२ लाख २० हजार छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved