रसुवागढी र सान्जेनको आईपिओ भर्ने म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2019 | 06:22:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको जनताको जलबिद्युत अन्तर्गत सर्वसाधारणलाई साधारण सेयर निष्काशन गरेका सान्जेन जलबिद्युत कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने म्याद थप भएको छ । 

आईपिओमा आवेदन दिने क्रममा सिडीएसको वेबसाइटमा समस्या आई धेरै लगानीकर्ताले आवेदन दिन नपाएको गुनासो आएपछि बोर्डले समय थप गर्न निर्देशन दिएको हो । बोर्डले बिर्की प्रबन्धक, दुवै कम्पनी र सिडिएसलाई समय थप गर्नको लागि आवश्यक प्रबन्धक मिलाउन निर्देशन दिएको बोर्डका प्रबक्ता निरज गिरिले जानकारी दिए । 

अब लगानीकर्ताले बैशाख १२ गतेसम्म यी आईपिओमा आवेदन दिन सक्ने छन् ।  

यो पनि : 

सान्जेन र रसुवागढीको आईपिओमा हालसम्म कति पर्यो आवेदन ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved