गणपति माइक्रोफाइनान्सको आईपिओमा तेस्रो दिनसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 07:46:02 PM मा प्रकाशित

laxmi  sunrise bank

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले बैशाख ९ देखि निष्काशन गरेको आईपिओमा १८ गुणा बढीको आवेदन परेको छ। कम्पनीको आईपिओमा तेस्रो दिनसम्ममा २ लाख ९४ हजार ३० आवेदकबाट ५९ लाख १३ हजार ४ सय ४० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ  ।  

कम्पनीले सर्वसाधारणलाई ३ करोड ३५ लाख बराबरको ३ लाख ३५ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार १ सय ७५ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने १६ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि बाँडफांड गरिएको छ  । बाँकि रहेको ३ लाख १३ हजार ७५ कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन्  ।

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १५ सय कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । तर लघुवित्तको आईपिओमा अर्त्यधिक आवेदन पर्ने र गोलाप्रथाबाट १० कित्ता मात्र शेयर पर्ने भएकोले सो भन्दा माथिको लागि आवेदन दिनु उपयुक्त हुने छैन ।  लगानीकर्ताले बैशाख १२ गतेसम्म आवेदन दिन सक्ने छन्  । नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको थियो  । कम्पनीले पुस २ गते अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

 कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ यसले कम्पनीको आधारभूत पक्षलाई औषतभन्दा तल रहेको बुझाउँछ ।  

 गणपति माइक्रोफाइनान्सको अधिकृत पूँजी रु.२० करोड, जारी पूँजी रु.१० करोड र चुक्ता पूँजी रु.७ करोड रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु.१० करोड ३५ लाख हुनेछ । राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । कम्पनीको मुख्य कार्यालय  दुलेगौढा, तनहुँमा रहेको छ ।  हाल कम्पनीको २० वटा शाखा रहेका छन् । 

यो पनि : 

गणपतिको जोड नगद लाभांशमा, यस्तो छ लघुवित्तको दाबी र वास्तविकता (विश्लेषण)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved