४ कम्पनीको आईपिओ भर्ने आज अन्तिम दिन, हालसम्म कुनमा कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 08:14:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बैशाख १२ गते बिहिबार ४ वटा कम्पनीको आईपिओमा आवेदन दिने अन्तिम दिन रहेको छ  ।  आज ३ वटा हाइड्रोपावर कम्पनी र एक वटा लघुवित्तको आईपिओमा आवेदन दिने अन्तिम दिन हो  ।  

१. युनियन हाइड्रो

युनियन हाइड्रोपावरले  चैत्र १३ गतेदेखि आईपिओ निष्काशन गरेको हो  ।  कम्पनीले सर्वसाधारणको लागि ३५ लाख ३४ हजार ३ सय ४० कित्ता निष्काशन गरेको थियो। कम्पनीले निष्काशन गरेको आईपिओमा आवेदन दिने एक दिन अघि माग भन्दा बढीको आवेदन परेको हो ।  आईपिओमा बैशाख ११ गते बेलुकासम्ममा ४५ हजार ८ सय ७२ आवेदकबाट ३५ लाख ९१ हजार ७ सय १० कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले  आयोजना प्रभावित स्थानीयको लागि साउन १४ गतेदेखि   ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ।  जस मध्ये १ लाख २८ हजार २ सय १० कित्ताको लागि मात्र आवेदन परेको थियो । त्यस समयमा बिक्रि नभएको ६ लाख २१ हजार ७ सय ९० कित्ता समेत थपेर कम्पनीले सर्वसाधारणलाई ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशन गरेको हो। 

आईपिओमा न्यूनतम ५० कित्ता र अधिकतम ३५ हजार कित्तासम्म आवेदन दिन सकिने छ।  कम्पनीको आईपिओले ५ ग्रेड पाएको छ जुन सबै भन्दा कमजोर हो।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २८ गते सोमबार शेयर निष्काशनको अनुमति दिएको हो। शेयर निष्काशनको लागि  लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले लमजुङको मिदिम खोलामा ३ मेगावाटको आयोजना निर्माण सम्पन्न गरी १ बर्ष देखि ब्यापारिक उत्पादन गरिरहेको छ। 

२. रसुवागढी हाइड्रो

रसुवागढी हाइड्रोले बैशाख ६ देखि आईपिओ निष्काशन गरेको हो ।  रसुवागढीले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओ निष्काशन गरेको हो।  यसमध्ये ४ प्रतिशत अर्थात् ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत अर्थात् ५ लाख १३ हजार १ सय ५७ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। बाँकि रहेको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

कम्पनीको आईपिओमा ११ गते बेलुकासम्ममा २ ल्स्स्ख ९२ हजार ७ सय ५३ आवेदबाट १ करोड  ६९ लाख ४८ हजार ८ सय कित्ताको लागि आवेदन परेको छ । 


३. सान्जेंन जलविद्युत 

सान्जेंन जलविद्युतले बैशाख ६ देखि प्रति सेयर १०० रुपैयाँका दरले ५४ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात २ लाख ७३ हजार ७५० कित्त्ता सामुहिक लगानी कोष, ४ प्रतिशत अर्थात २ लाख १९ हजार  कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।  बाँकि रहेको ४९ लाख ८२ हजार  २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  ।

कम्पनीको आईपिओमा ११ गते बेलुकासम्ममा २ लाख ९० हजार १ सय ५६ आवेदकबाट १ करोड ३५ लाख ६१ हजार ९ सय २० कित्ताको लागि आवेदन परेको छ  । 


४. गणपति माइक्रोफाइनान्स

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले बैशाख ९ देखि सर्वसाधारणलाई  ३ करोड ३५ लाख बराबरको ३ लाख ३५ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार १ सय ७५ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने १६ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि बाँडफांड गरिएको छ  । बाँकि रहेको ३ लाख १३ हजार ७५ कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन्  ।

कम्पनीको आईपिओमा तेस्रो दिनसम्म  १८ गुणा बढीको आवेदन परेको छ। आईपिओमा बुधबार बेलुका सम्ममा २ लाख ९४ हजार ३० आवेदकबाट ५९ लाख १३ हजार ४ सय ४० कित्ताको लागि आवेदन परेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved