नेपाल एग्रो लघुवित्तको आईपिओ बाँडफांड आज, ३ लाख आवेदक हात खाली हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 08:12:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ आज बैशाख १७ गते मंगलबार बाँडफांड हुदै छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंगले बिहान ९ बजे शेयर बाँडफांड गर्न लागेक हो ।  

कम्पनीले बैशाख ८ गतेदेखि  १ करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँ बराबरको १ लाख ६१ हजार ७ सय ७८ कित्ता आइपीओ बिक्रीमा राखेको थियो । जसमध्ये २४ सय ८९ कित्ता कर्मचारीहरुलाई र ८ हजार ८९ कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकि रहेको १ लाख ५१ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन । कम्पनीको शेयर गोलाप्रथाबाट १५ हजार १ सय २० जनालाई १० कित्ताका दरले बाँडफांड हुनेछ   । 

आईपिओमा ३ लाख १५ हजार भन्दा बढीले आवेदन दिएका छन् । यस हिसाबमा झन्डै ३ लाख आवेदक हात खाली हुने छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved