नेपाल एग्रो लघुवित्तको आईपिओ बाँडफांड, नतिजा बिजपाटीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 09:11:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई बैंकिंगले मंगलबार बिहान शेयर बाडफांड गरेको हो । 

कम्पनीले बैशाख ८ गतेदेखि  १ करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँ बराबरको १ लाख ६१ हजार ७ सय ७८ कित्ता आइपीओ बिक्रीमा राखेको हो। जसमध्ये २४ सय ८९ कित्ता कर्मचारीहरुलाई र ८ हजार ८९ कित्ता सामुहिक लगानी कोषलै छुट्याइएको छ । बाँकि रहेको १ लाख ५१ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन । 

आईपिओमा कुल ३ लाख १५ हजार ६ सय ३० आवेदकले आवेदन दिएका थिए । जस मध्ये ७ सय ५ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका ३ लाख १४ हजार ९ सय २५ आवेदक मध्येबाट १५ हजार १ सय २० आवेदकले गोलाप्रथाबाट समान १० कित्ता शेयर पाएका छन् । ३ लाख ५ सय १० आवेदक भने हात खाली भएका छन् ।  



नतिजा बिजपाटीमा 

आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा प्रकशित हुनेछ । नतिजा प्रकाशित भएपछि हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको ipo result भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा नेपाल एग्रो लघुवित्त छनौट गरी आफ्नो नाम राखेर आफुलाई कति शेयर परेको हेर्न सकिने छ । शेयर परेको भए तपाइँले आवेदन दिएको कित्ता र तपाईलाई शेयर परेको कित्ता देखाउने छ भने आवेदन रद्द भएर शेयर नपरेको भए sorry you have not been allotted भन्ने संदेश देखाउने छ । 

कम्पनीको बारेमा 


कम्पनीको मुख्य कार्यालय कास्की जिल्ला पोखरा महानगरपालिका–१८, विन्ध्यवासिनीमा रहेको छ । संस्थाले १० जिल्लामा रहेका २६ शाखाबाट १५ हजार ९७० महिलाबीच वित्तीय कारोबार सञ्चालन गरिरहेको छ।   

नेपाल एग्रोले नेपाल राष्ट्र बैंकबाट २३ भदौ २०७३  मा ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा कारोबार गर्न स्वीकृति लिएर ४ असोजबाट औपचारिक कारोबार सुरु गरेको हो ।

पोखरा कास्कीमा रजिष्टर्ड कार्यालय रहेको यस लघुवित्तले कास्की, पर्वत, बागलुङ, गुल्मी, प्यूठान, रोल्पा, सल्यान, पाल्पा, तनहुँ र लम्जुङ गरी १० जिल्लाका २६ वटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा दिइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved