रसुवागढी र सान्जेनको आईपिओ बाँडफांड हुदै , कति कित्ता पर्ला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2019 | 01:28:11 PM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी हाइड्रो र सान्जेंन जलविद्युतले निष्काशन गरेको आईपिओ बिहिबार बाँडफांड हुने भएको छ । बिहिबार दिउँसो ३ बजे उर्जा मन्त्रालयमा दुवै कम्पनीको आईपिओ एक साथ बाँडफांड हुने भएको हो । 

 दुवै कम्पनीले बैशाख ६ गते आईपिओ निष्काशन गरेका थिए । शेयर बाँडफांड हुने समय भएसंगै लगानीकर्तामा कति कित्ता शेयर पर्छ भन्ने बारेको उत्सुकता थपिएको छ ।  

 रसुवागढीले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओ निष्काशन गरेको हो।  यसमध्ये ४ प्रतिशत अर्थात् ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत अर्थात् ५ लाख १३ हजार १ सय ५७ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। बाँकि रहेको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ताको सर्वसाधारणले आवेदन दिएका हुन । 

कम्पनीको आईपिओमा  करिब ३ लाख ७ हजार ७५ आवेदकबाट १ करोड ७६ लाख ४५ हजार २ सय १० कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा १.८८ गुणा बढी आवेदन हो । माग भन्दा बढी आवेंदन परेकोले सबै आवेदकले माग गरे जति शेयर नपाउने निश्चित छ । तर १० कित्तादेखि ३० कित्तासम्मको लागि आवेदन दिनेले माग गरे अनुसार कै शेयर पाउने देखिएको छ ।  त्यस्तै ४० कित्ता वा सो भन्दा माथिको लागि आवेदन दिएका मध्येबाट केहिले ४० कित्ता शेयर पाउने सम्भावना छ । ४० वा सो भन्दा बढीको लागि आवेदन दिएका सबै आवेदकले ४० कित्ता शेयर नपाउँन सक्छन ।  यद्यपि १० कित्ताको लागि आवेदन दिनेले १० कित्ता , २० कित्ताको लागि आवेदन दिनेले २० कित्ता र ३० कित्ताको लागि आवेदन दिनेले ३० कित्ता नै शेयर पाउने निश्चित  छ।  सो भन्दा बढीको लागि आवेदन दिएको हकमा गोलाप्रथाबाट शेयर बाँडफांड हुने देखिन्छ । यस हिसाबमा लगानीकर्ताले ४० कित्तासम्म शेयर पाउने सम्भावना छ ।  

त्यस्तै सान्जेंन जलविद्युतले ५४ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात २ लाख ७३ हजार ७५० कित्त्ता सामुहिक लगानी कोष, ४ प्रतिशत अर्थात २ लाख १९ हजार  कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।  बाँकि रहेको ४९ लाख ८२ हजार  २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन  ।

कम्पनीको आईपिओमा करिब ३ लाख ४ हजार ६९ वेदकबाट १ करोड ४१ लाख ३२ हजार ८ सय ४० कित्ताको लागि आवेदन परेको छ  । यो माग भन्दा २.८३ गुणा बढीको आवेदन हो । माग भन्दा बढी आवेंदन परेकोले सबै आवेदकले माग गरे जति शेयर नपाउने निश्चित छ । तर सबै आवेदकले न्युनतम १० कित्ता शेयर पाउने भने निश्चित छ। त्यसपछि २० कित्ता वा सो भन्दा बढीको लागि आवेदन दिएका मध्ये अधिकांशले २० कित्तासम्म शेयर पाउने सम्भावना देखिन्छ । 

नोट: यो प्रक्षेपण लगानीकर्ताको लागि छुट्याइएको शेयर संख्या र आवेदकको संख्यालाई आधार मानेर गरिएको हो  । आवेदन दिने अन्तिम दिनको तथ्यांकलाई आधार मानेर यो प्रक्षेपण गरिएको र १० कित्ता मात्र, २० कित्ता मात्र र ३० कित्ता मात्रको लागि आवेदन दिनेको संख्या यकिन  नभएकोले आवेदकले पाउने शेयर संख्यामा केहि थपघट हुन् सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved