रसुवागढीको आईपिओ २५ हजार ६ सयलाई ५० कित्ता, सान्जेंनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 10:51:05 AM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी हाइड्रो र सान्जेंन जलविद्युतले निष्काशन गरेको आईपिओ आज बिहिबार बाँडफांड हुदै छ । बिहिबार दिउँसो ३ बजे उर्जा मन्त्रालयमा दुवै कम्पनीको आईपिओ एक साथ बाँडफांड हुने भएको हो ।  दुवै कम्पनीले जनताको जलविद्युत योजना अन्तर्गत बैशाख ६ गते आईपिओ निष्काशन गरेका थिए ।  

 रसुवागढीले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओ निष्काशन गरेको हो।  यसमध्ये ४ प्रतिशत अर्थात् ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत अर्थात् ५ लाख १३ हजार १ सय ५७ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। बाँकि रहेको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ताको सर्वसाधारणले आवेदन दिएका हुन । 

बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ४० कित्तासम्मको लागि आवेदन दिने सबैले माग गरे अनुसार कै शेयर पाउने छन्  । अर्थात् १० कित्ताको लागि आवेदन दिनेले १० कित्ता, २० कित्ताको लागि आवेदन दिने २० कित्ता , ३० कित्ताको लागि आवेदन दिनेले ३० कित्ता नै र ४० कित्ताको लागि आवेदन दिनेले ४० कित्ता शेयर पाउने छन्  । ५० कित्ता वा त्यस भन्दा बढीको लागि आवेदन दिने मध्ये बाट गोलाप्रथा गरेर थप १० कित्ता शेयर दिने क्यापिटलले जनाएको छ  । यस हिसाबमा २५ हजार ६ सय ९३ जनाले ५० कित्ता शेयर पाउने छन्  ।

 त्यस्तै सान्जेंन जलविद्युतले ५४ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात २ लाख ७३ हजार ७५० कित्त्ता सामुहिक लगानी कोष, ४ प्रतिशत अर्थात २ लाख १९ हजार  कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।  बाँकि रहेको ४९ लाख ८२ हजार  २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन  ।

सान्जेंनतर्फ सबै आवेदकले न्युनतम १० कित्ता शेयर पाउने निश्चित छ  । त्यस पछि २० कित्ता वा सो भन्दा बढीको लागि आवेदन दिने मध्ये बाट गोलाप्रथा गरी थप १० कित्ता शेयर प्रदान गरिने छ  । बिक्रि प्रबन्धक नागरिक लगानी कोषका अनुसार २० वा सो भन्दा बढीको लागि आवेदन दिने मध्ये ७० प्रतिशत आवेदकले २० कित्ता शेयर पाउने छन्  ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved